प्रधानसेनापति शर्मा अवकासमा, भोलिदेखि सेनाको कमान्ड सम्हाल्दै सिग्देल
काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि अवकासमा जाँदैछन्। सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए।
शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ मा अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए। भदौ २४ गतेबाट लागू हुनेगरी राष्ट्रपति पौडेलले सिग्देललाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका थिए।
राष्ट्रपति पौडेलबाट दर्ज्यानी चिन्ह प्राप्त गरेर सिग्देलले भोलि (सोमबार)देखि नै प्रधानसेनापतिको कमान्ड सम्हाल्नेछन्। नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा सिग्देलले नेतृत्व लिन लागेका हुन्।