मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालुवाटारमा साँझ ६ बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। 

बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा राजदूत नियुक्तिबारे पनि छलफल हुनेछ।

अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस गर्ने सम्भावना छ। यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिस भएको थियो। रिजालमाथि इजरायलका लागि राजदूत भएका बेला लगेका सहयोगीलाई स्वदेश फिर्ता नल्याएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि सरकारले राजदूत सिफारिसबाट उनको नाम फिर्ता लिएको थियो।

अहिले सरकारमा एमाले, कांग्रेस, जसपा र लोसपा सहभागी छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.