ओमान र क्यानडासँग खेल्न नेपाली टोली घोषणा, भीम, आरिफ र अर्जुनको पुनरागमन
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले ओमान र क्यानडासँग खेल्न नेपाली टोलीको घोषणा गरेको छ। रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो, जसमा एक खेलाडी रिजर्भमा रहने क्यानले जनाएको छ।
टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन्। देव खनाललाई रिजर्भमा राखिएको छ।
टी-२० फर्म्याटका खेलमा टोलीसँग टाढा रहेका भीम, आरिफ र अर्जुन टोलीमा फर्किएका छन्। नेपालले भदौ ३१ गतेदेखि आइसीसी लिग २ को खेल खेल्दैछ। क्यानडामा हुने खेल असोज १० सम्म हुनेछ।
नेपालले पहिलो खेल सेप्टेम्बर १६ मा क्यानडासँग खेल्नेछ। त्यस्तै ओमानसँग सेप्टेम्बर १८, क्यानडासँग सेप्टेम्बर २२ र ओमानसँग सेप्टेम्बर २४ मा खेल्नेछ।