लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा
सुन्नुहोस्

काठमाडौं : नेपाली अटो क्षेत्रमा लामो समयदेखि सेवा पुर्‍याउँदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरूका लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा रहेको कम्पनीले जनाएको छ। 

सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ। केईको शो रुम नक्शाल भाट भटेनीमा सञ्चालनमा आइसकेको छ।

हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जा बाट चल्ने गाडीका लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरू गरिएको हो। सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्रि चेक जाँच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्रि बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्व स्तरीय उपकरण का माध्यमबाट परीक्षण र मर्मत हुनेछ। 

सेन्टरमा सबै प्राविधिकहरू इभी सर्टीफाइड दक्षता हासिल गरेका छ्न्। सर्भिस सेन्टरमा इभी चार्जिङ पोइन्ट, यथेष्ठ पार्किंग सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बेहरू जडान गरिएको छ।

लक्ष्मी न्यू इनर्जी सर्भिसले आफ्ना ग्राहकहरूको सहजता र सहुलियतताकासो स्टेसन सञ्चालनमा ल्याएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.