‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको रेमिट्यान्स पार्टनरमा निओ मनिट्रान्सफर

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको रेमिट्यान्स पार्टनरमा निओ मनिट्रान्सफर

काठमाडौं : युवा उद्यमीहरूले सुरु गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको रेमिट्यान्स पार्टनरमा निओ मनिट्रान्सफर प्रा.लि रहने भएको छ। 

बिहीवार अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो।  सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र निओ मनिट्रान्सफर प्रा.लिका सिईओ सागर खनालले हस्ताक्षर गरेका छन्। 

निओ मनिट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित छिटो, छरितो र सुरक्षित मनिट्रान्सफर गर्ने डिजिटल रेमिट्रान्स कम्पनी हो। संसारका सबै ठाउँबाट निओ मनिट्रान्सफरबाट सहजै पैसा पठाउन सकिन्छ।

‘नेपालमा मिडियाले स्टार्टअप कम्पनीहरूलाई प्रमोट गर्न खोजेको यो पहिलो अभियान हो’, निओ मनिट्रान्सफर प्रा.लिका सिईओ सागर खनालले भने, ‘विभिन्न देशमा रहेका प्रवासीहरूलाई कम लागतमा छिटो सेवा दिने हाम्रो भिजनलाई फैलाउन यो अभियानले सघाउने अपेक्षा राखेका छौं।’

यो अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन्। नेटवर्कले हाल नेपाली संकरण अन्नपूर्ण पोस्ट दैनिक, अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजन लगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.