चौथो चेल्सी अन्तरविद्यालय स्तरीय ‘रोड रेस’को ट्रफी बुढानीलकण्ठलाई
काठमाडौं : गोकर्णेश्वर–८, अत्तरखेलमा रहेको चेल्सी वल्र्ड स्कुलले चौथो चेल्सी अन्तरविद्यालय स्तरीय ‘रोड रेस’ २०८१ प्रतियोगिता सञ्चालन गरेको छ। प्रतियोगितामा काठमाडौं उपत्यकाका ४२ विद्यालयका ७४३ छात्रछात्राले भाग लिएका थिए।
प्रतियोगिताको कूल दूरी ४.७ किलोमिटर रहेको थियो। प्रतियोगितामा छात्र र छात्रातर्फको टपटेन स्थानसम्मलाई पदक, पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। यस वर्षको च्याम्पियनसिप ट्रफी बुढानिलकण्ठ स्कुलले प्राप्त गर्न सफल भएको छ।
गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामाको विशेष आतिथ्यमा सम्पन्न उक्त समारोहमा मित्रराष्ट्र मलेसियाका कार्यबाहक राजदूत महम्मद फिरदोस अजमानसमेत उपस्थित रहेका थिए।
वडाध्यक्ष नन्दलाल श्रेष्ठ, ओलम्पियन तथा दक्षिण एशियाली म्याराथन धावक बैकुन्ठ मानन्धर, नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङ विशेष अतिथिका रूपमा सहभागी थिए।
प्रतियोगितामा गोकर्णेश्वर पुलिस थाना, जोरपाटी ट्राफिक पुलिस थाना, नेपाली खेलकुद संघ, नेपाल स्काउट, नेपाल मेडिकल कलेज हस्पिटलका चिकित्सक टिमले सहयोग गरेका थिए।