भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको निधन
काठमाडौं : भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको निधन भएको छ। उनको ७२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बीबीसी हिन्दीका अनुसार उनको दिल्लीस्थित एम्स अस्पतालमा उनको उपचारको क्रममा बिहीबार निधन भएको हो। पार्टीले पनि महासचिव यचुरीको निधनको भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेको छ। गत सेप्टेम्बर १० देखि यचुरीको स्वास नलीमा समस्या देखिएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यचुरीको निधनमा श्रदाञ्जली दिएका छन्। उनले यचुरी वामपन्थीका अग्रणी नेता भएको उल्लेख गरेका छन्। 'सबै दलसँग राम्रो सम्बन्ध बनाउनसक्ने क्षमता यचुरीमा थियो। सांसदको रूपमा पनि यनले बेगल्नै छाप छोडेका छन्। उनीप्रति श्रदाञ्जली अर्पण गर्न चाहन्छु,' प्रधानमन्त्री मोदीले लेखेका छन्।