लागुऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद श्रेष्ठ पक्राउ
काठमाडौं : प्रतिबन्धित लागुऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन्। सरकारले प्रतिबन्ध लगाएको ट्रपाइनको बिक्री गरेको भन्दै श्रेष्ठलाई पोखरास्थित अस्पतालबाटै पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनशदीप जिसीले लागुऔषध बिक्री गरेको पाइएपछि पक्राउ गरेको बताए। पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको दिया पोस्टबाट औषधि बिक्री गरेको पाइएको र उक्त फार्मेसीका एकल सञ्चालक श्रेष्ठ रहेकाले पक्राउ गरिएको जिसीले अन्नपूर्णलाई बताए।