संसदीय दलको बैठक

‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म माओवादीले संसद बैठक अवरोध गर्ने

‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म माओवादीले संसद बैठक अवरोध गर्ने
फाइल तस्बिर।

काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी प्रतिनिधि सभाको बैठक पनि अवरोध गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादीलाई अपमानित गरेर बोलेको ठहर गर्दै आगामी बैठकमा पनि अवरोध गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

जनयुद्धलाई अपमानित गर्ने शब्द फिर्ता नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको उनले बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘हिंसा’शब्दलाई लक्षित नभई समग्र माओवादी आन्दोलनप्रति लक्षित रहेकाले संसद अवरोध सहि भएको धारणा राखेका छन्।

सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएपश्चात माओवादीले त्यसको विरोध गरेको थियो। संसद्को बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेपछि सभामुख घिमिरेले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार सचिवालयलाई दिएका थिए। माओवादीले उठेर संसद् अवरोध गरेपछि एमाले र माओवादी केन्द्रका सांसदहरूबीच भनाभन भएको छ। बैठकमा माओवादीले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि बैठक स्थगित भएको थियो। 

माओवादीले आगामी दिनमा पनि उक्त निर्णय नसच्चिएसम्म संसद चलाउन नदिने र सशक्त ढंगले अगाडि बढ्ने निर्णय गरेको पाण्डेले बताए।

यता सत्तापक्षका सांसदहरुले सभामुखको रुलिङ मान्दिन भन्न नमिल्ने बताउँदै आएका हुन्। आजको बैठकमा १४ जना सांसदले बोलेको पाण्डेले बताए। माओवादीले बागलुङमा जीप दुर्घटनामा मृत्यु भएका रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा,वडा नम्बर- २ का वडा अध्यक्ष जसबहादुर कामी र उपाध्यक्ष बुढाको आमा गोपिमाया बुढाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.