सिद्धार्थ बैंक लिमिटेडद्वारा अस्पताललाई अप्रेसन थिएटर टेबल हस्तान्तरण
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले कास्कीमा रहेको पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अप्रेसन थिएटर टेबल हस्तान्तरण गरेको छ ।
उक्त टेबल बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. दीपक बहादुर भण्डारीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन्।
उक्त कार्यक्रममा बैंकको तर्फबाट बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया, सञ्चालक समितिका सदस्य दिनेश शंकर पालिखे, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल लगायतको उपस्थिति रहेको थियो। त्यसैगरी कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. दिपेन्द्र कुमार यादव लगायतको पनि उपस्थिति रहेको थियो।
यस सहयोगले बिरामीहरूले उच्च स्तरीय उपचार सेवा पाउनेछन् भन्ने विश्वास बैंकले लिँदै आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ।