‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियान जोडियो मेरो किसान

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियान जोडियो मेरो किसान
सुन्नुहोस्

काठमाडौं : युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा मेरो किसान प्रालि जोडिएको छ ।  आइतबार अन्नपूर्ण मिडिया नेटवर्कको मुख्यालय तिनकुनेस्थित कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो ।  

सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका स्टार्टअपसँग अन्नपूर्ण अभियानकी संयोजनक सुधा भुजेल, मेरो किसान प्रालिका संस्थाप अबिनास सिलवाल र सुनिल थापाले हस्ताक्षर गरे । यो कम्पनीले  कृषि उपजहरूको उत्पादन तथा बजारीकरणमा सक्रिय रही किसान र उपभोक्तालाई जोड्दै आइरहेको छ ।

‘यो अभियानले उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण सघाउन हुनेछ,'मेरो किसान प्रालिका संस्थापक अबिनास सिलवालले भने, ‘हामी पनि कृषिलाई प्रवर्द्धन गर्नका लागि यो अभियानमा जोडिएका हौं ।’

यो अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक,अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.