हनुमानढोका पुगेका बालेनका समर्थकहरू प्रहरी नियन्त्रणमा

हनुमानढोका पुगेका बालेनका समर्थकहरू प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

काठमाडौं : इन्द्रजात्रामा सहभागी हुन हनुमानढोका पुगेका बालेन समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को फोटो अंकित टि-सर्ट लगाएर हनुमानढोका पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता विनोद घिमिरेका अनुसार दुई पक्षबीच झडप हुने अवस्था देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

'इन्द्रजात्रामा सहभागी हुन स्थानीय युवाहरू कुमारीको तस्बिर अंकित टि-सर्ट लगाएका रहेछन्। बालेनको तस्बिर अंकित टि-सर्ट लगाएर उनीहरू पुगेपछि स्थानीयले कुटपिटसमेत गरेको पाइयो। भीआइपी सहभागी हुने कार्यक्रममा धरपकड हुने अवस्था नआ‌‌ओस् भनेर उनीहरूलाई त्यहाँबाट ल्याएका हौं,' प्रवक्ता घिमिरेले अन्नपूर्णसँग भने। उनीहरूलाई जनसेवा वृत्त परिसरमा राखिएको घिमिरेले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.