दरबारमार्गको बाटो बन्द गरिँदा ट्राफिक जाम बढ्यो
काठमाडौं : संविधान दिवसको अवसरमा नागरिक स्तरबाट आयोजना हुने कन्सर्टका लागि दरबारमार्गको मूल बाटो बन्द गरिएको छ।
कन्सर्ट सञ्चालन गर्नका लागिय स्टेज निर्माण भरहेकाले अहिले त्यहाँको सवारी आवागमन नै ठप्प पारिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काका अनुसार बुघबार दिनभरका लागि दरबारमार्गको बाटो बन्द गरिएको छ।
डाइभर्सनका कारण आसपासका बाटोहरूमा सवारीसाधनको चाप छ। सवारी चाप व्यवस्थापनका लागि गौशाला, सिनामंगल, कोटेश्वर र तिनकुनबाट रिङरोडभित्र आउने भाडाका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ।
सहज आवागमनका लागि दरबारमार्गचोक भएर सञ्चालन हुने सवारी साधनका चालकले वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक महाशाखाले अनुरोधसमेत गरेको छ।