मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले व्यवसायी प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।
जिल्ला अदालतका सूचना अधिकरी मेलिस बास्कोटाका अनुसार उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको हो।
झन्डै १५ दिन अगाडि उनीविरुद्ध प्रहरीको साइबर व्युरोमा उजुरी दर्ता भएको थियो। त्यसैको आधारमा प्रहरी जिल्ला अदालत गएको थियो। जिल्ला अदालतले आज प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।