सभापति देउवाले गरे मानव अधिकार विभागमा १० जना मनोनित
काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मानव अधिकार विभागमा १० जना सदस्यहरू मनोनित गरेका छन्।
सभापति देउवाले पार्टीको विधान,२०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्यहरूलाई बिहीबार मनोनित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
मनोनित हुनेमा झापाकी सर्मिला अधिकारी ,धनुकुटाका दुर्गाबहादुर सुवेदी,लम्जुङका वासदेव गिरी,बाराका कृष्ण चौधरी, काठमाडौंका रोहित पौडेल, मकवानपुरका रामकृष्ण प्रजा,कास्कीकी माया बराल,रोल्पाका मोहन परियार,जाजरकोटका चन्द्रप्रकाश अधिकारी र कञ्चनपुरका पुष्पराज पाण्डे रहेका छन्।
विभागको प्रमुखमा पार्टीको केन्द्रीय सदस्य धना खतिवडा प्रमुख छिन्।