प्रधानमन्त्रीको अमेरिका भ्रमण

तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको बिदाइ

तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको बिदाइ
तस्बिर : अभिशेक महर्जन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल केहीबेरअघि त्यसतर्फ प्रस्थान गरेको हो।

null

भ्रमण दलमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा,प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल,परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहेका  छन्। 

null

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  प्रधानमन्त्री ओलीलाई सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल,उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री विष्णु पौडेल,गृहमन्त्री रमेश लेखक,उद्योगमन्त्री दामोदर भण्डारीलगायत नेपाल सरकारका मन्त्रीहरू र  सुरक्षा निकायका प्रमुखहरूले  बिइ गरेका थिए।

null

सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो। संयुक्त राष्ट्रसंघको महासभा भदौ २५ देखि असोज १२ गतेसम्म न्युयोर्कमा हुँदैछ। यसको उच्चस्तरीय छलफल असोज ८ देखि १२ गतेसम्म चल्ने कार्यक्रम  छ। प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ।

nullnullnullnullnullnullnullnullnullnullnull


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.