एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबको सहज जित

एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबको सहज जित

काठमाडौं : राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ। 

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई ८–० गोल अन्तरले पराजित गरेको हो। आर्मीको जितमा चन्द्रा भण्डारीले खेलको ४२, ५४ र ७३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

त्यस्तै बिमला बिकले खेलको ३८ र ९० औं मिनेटमा गोल गरिन् भने अमिशा कार्कीले ६१ र ७१ औं मिनेटमा गोल गरिन्। त्यस्तै फातुमाह नाकासुम्वाले ४४ औं मिनेटमा गोल गरिन्। 

जितसँगै आमीको ८ खेलमा १९ अंक भएको छ भने समान खेल खेलेको वालिङको १२ अंक रहेको छ। अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.