पुलिस क्लबले कर्णाली प्रदेशलाई ३-० गोलले हरायो
काठमाडौं : राजधानीमा जारी एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लब विजयी भएको छ। सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई ३-० गोल अन्तरले पराजित गरेको हो। पुलिसका लागि निर्मला उपाध्यायले ४३औं मिनेट, मनिषा राउतले ५४ र सम्झना लावतीले ८२औं मिनेटमा गोल गरेकी थिइन्।
जितसँगै पुलिस ८ खेलमा १८ अंकका साथ तालिकाको तेस्रो स्थानमा कायमै छ भने समान खेल खेलेको कर्णाली ४ अंकका साथ तालिकाको नवौ स्थानमा रहेको छ।
प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो खेलमा चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिका र दोस्रो खेलमा कोशी प्रदेश र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने एन्फाले जनाएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ।