विदुरमा पर्यटन प्रवर्द्धन कार्यक्रम

विदुरमा पर्यटन प्रवर्द्धन कार्यक्रम

नुवाकोट : नुवाकोटको विदुर नगरपालिकामा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ। जसअन्तर्गत ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरू संरक्षण गरिने योजना रहेको छ। 

विदुर नगरपालिका-११ गेर्खुस्थित  ऐतिहासिक दूधेलामा कालिकामा पुनर्निर्माण, पदमार्ग सञ्चालन तथा विविध पूर्वाधार निर्माण गरिने योजना रहेको छ। सदरमुकाम विदुरबाट २० किलोमिटर उत्तरमा समुन्द्री सतहदेखि एकहजार चारसय ४३ मिटर उचाइमा रहेको सो ऐतिहासिक स्थल धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले निकै महत्वपूर्ण सम्पदाका रूपमा रहेको कारण यसको संरक्षण कार्यक्रम सञ्चालन गरिएको मेयर राजन श्रेष्ठको भनाइ छ। 

स्थानीय  दूधेलामा कालिकाको संरक्षणका लागि २५ करोड रुपैयाँ बराबरको लागत पूर्वानुमान गरिएको मेयर श्रेष्ठले बताए। जसका लागि पालिकाबाट डीपीआर तयार भई सोही अनुसार कार्य अघि बढाइएको छ। 

डीपीआर अनुसार उक्त दूधेलामा कालिकासम्म पुग्न चारैतिरबाट पदमार्ग निर्माणलगायतका भौतिक कार्य निर्माण गरिने योजना रहेको छ। 

मन्दिर र गढीको पुरातात्त्विक संरक्षणको योजनाका लागि चालु आर्थिक वर्ष २०८१/०८२ मा संघीय सरकारबाट प्राप्त ९० लाख रुपैयाँ र नगरपालिकाले १२ लाख रुपैयाँ थप गरेर डीपीआर बमोजिम आवश्यक कामहरू सुरु गरिएको विदुर नगरपालिका कार्यालयले जनाएको छ। यसबाट विदुर नगरपालिका र समग्र नुवाकोटकै पर्यटन प्रवर्द्धन हुने विदुर १० का वडाध्यक्ष गणेशकुमार नेपालले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.