सरकारको ढुकुटीमा १९७ अर्ब ८२ करोड रुपैयाँ मौज्दात

सरकारको ढुकुटीमा १९७ अर्ब ८२ करोड रुपैयाँ मौज्दात

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ४० अर्ब २१ करोड खर्च गरेको छ। राष्ट्र‍ बैंकले बिहीबार जारी गरेको तथ्यांकअनुसार  समीक्षा अवधिमा चालु खर्च १२ अर्ब ३८ करोड रहेको छ।

त्यस्तै पुँजीगत खर्च ८ अर्ब ५५ करोड र वित्तीय व्यवस्था खर्च १९ अर्ब २७ करोड रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै समीक्षा अवधिमा नेपाल सरकारको कूल राजस्व परिचालन ९४ अर्ब ७४ करोड पुगेको छ। यसमा प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत जोडिएको छ। यसअन्तर्गत कर राजस्व ७७ अर्ब ४१ करोड र गैर कर राजस्व १७ अर्ब ३३ करोड परिचालन भएको छ राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै सरकारसँग २०८१ साउन मसान्तसम्म १९७ अर्ब ८२ करोड रुपैयाँ मौज्दात रहेको छ। राष्ट्र बैंकका अनुसार प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम पनि यसमा जोडिएको छ। २०८१ असार मसान्तमा यस्तो मौज्दात ९९ अर्ब २७ करोड रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.