देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन बैठक
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन बैठक बोलाएका छन्। आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलले बताए।
बैठक सभापति देउवाको निवास बुढानिलखण्ठमा बस्ने छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहनेछ।
बैठकले समसमायिक राजनीतिक विषयसँगै पार्टीका विभिन्न एजेण्डामा छलफल गर्ने बताइएको छ।