सप्तकोशी बस दुर्घटनामा परेका यात्रुको उद्धार गरिँदै

सप्तकोशी बस दुर्घटनामा परेका यात्रुको उद्धार गरिँदै

विराटनगर : विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बस सुनसरी र सप्तरीको सिमानामा रहेको कोशी ब्यारेजको ३५ नम्बर ढोकाबाट सप्तकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार को १ ख ४६०१ नम्बरको नर्सिङ डिलक्स बस आफैं अनियन्त्रित भएर साँझ ६:१० बजेतिर नदीमा खसेको हो। उनका अनुसार बस खसेको स्थान सप्तरीमा पर्छ। 

सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट बस नदीमा खसेको जानकारी न्यौपानेले दिए। ‘विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस आफैं अनियन्त्रित भएर नदीमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘ब्यारेजको ३५ नम्बर ढोकादेखि दक्षिणतर्फको साइडबाट बार भत्काउँदै बस नदीमा खसेर दुर्घटना भएको हो।’

केही यात्रुको उद्धार गरिएको र अन्यको खोजतलास भइरहेको डीएसपी न्यौपानेले बताए। उनका अनुसार बसमा कति जना यात्रु थिए भनेर यकिन भइसकेको छैन। बस अहिले नदीमै छ। 

सुनसरी र सप्तरीबाट खटिएका प्रहरी तथा स्थानीयले बस खसेको स्थानमा उद्धार जारी राखेका छन्। सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार कोशी ब्यारेजको पुलबाट खसेको बसका २० जना यात्रुको उद्धार गरिएको छ। 

‘उद्धार जारी छ। अहिलेसम्म २० जनाको उद्धार गरिसकियो,’ उनले भने, ‘उद्धार गरिएकालाई उपचारका लागि पठाएका छौं। प्रहरी र स्थानीय उद्धारमा खटिएका छन्।’ घटनाको अनुसन्धान पनि भइरहेको जानकारी एसपी रेग्मीले दिए। 

एसपी रेग्मी आफैं घटनास्थलमा छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलगायतका सुरक्षा अधिकारीहरुले घटनास्थलमा पुगेर उद्धारमा सहजीकरण गरिरहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.