रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध
फाइल तस्बिर

काठमाडौं :  चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ। गएरातिदेखिको अविरल वर्षाका कारण स्याफ्रुदेखि रसुवागढी खण्डको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो। 

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार टिमुरे-रसुवागढी सडक खण्डमा २ ठाउँमा पहिरो गएको छ। जसका कारण पैदलयात्रा गर्न समेत असहज छ। स्याफ्रुबेशी उत्तर कुलुङ पुलमा लेदोले सडक अवरुद्ध भएको छ। यस क्षेत्रमा भने पहिरो पन्छाउने काम भइरहेको कार्यालयले जनाएको छ। 

तातोपानी सडक खण्डमा पनि पहिरो झरेर सडक अवरुद्ध भएको र यस क्षेत्रमा आज सडक खुलाउन नसकिने कार्यालयले जनाएको छ। टिमुरे क्षेत्रमा विद्युत र मोबाइल फोन अवरुद्ध छ। कार्यालयका अनुसार जिल्लामा अहिले पनि वर्षा भइरहेको र कुनै अप्रिय घटना भने भएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.