पर्यटकलाई निःशुल्क 'हेरिटेज पासपोर्ट'

पर्यटकलाई निःशुल्क 'हेरिटेज पासपोर्ट'

काठमाडौं : काभ्रेपलाञ्चोकमा रहेको पनौती पर्यटन विकास केन्द्रले पर्यटकहरूलाई सहयोग प्रदान गर्ने उद्देश्यले हेरिटेज पासपोर्ट वितरण कार्य सुरु गरेको छ। 

विश्व पर्यटन दिवसको अवसरमा केन्द्रले पर्यटकहरूलाई निःशुल्क हेरिटेज पासपोर्ट प्रदान गरेको हो। ऐतिहासिक सम्पदा क्षेत्रको बारेमा पर्यटकहरूलाई विस्तृतरूपमा जानकारी दिने उद्देश्यले पनौती पर्यटन विकास केन्द्रले पर्यटकलाई हेरिटेज पासपोर्ट वितण गरेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताए। 

उनका अनुसार, पर्यटकलाई हेरिटेज पासपोर्ट नेपालमै पहिलो पटक प्रदान गरिएको हो। ऐतिहासिक धरोहरको रूपमा परिचित पनौतीमा रहेका विभिन्न धार्मिक स्थल, सांस्कृतिक एवं पर्यटकीय क्षेत्रहरूको जानकारी गराउन हेरिटेज पासपोर्टको अवधारणा ल्याएको उनले कर्माचायले बताए।

पर्यटन प्रवर्द्धनका लागि पनौती पर्यटन विकास केन्द्रले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हुने अवस्थामा रहेको पनौतीलाई विश्वभर चिनाउन यस कदमले पनि टेवा पुर्‍याउने केन्द्रका अध्यक्ष कर्माचार्यले विश्वास व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.