चाडपर्वमा सहज यात्राको वातावरण बनाउन सरकारलाई ध्यानाकर्षण

चाडपर्वमा सहज यात्राको वातावरण बनाउन सरकारलाई ध्यानाकर्षण

काठमाडौं : नेकपा एमालेले चाडपर्वको समयमा घर फर्कने नागरिकका लागि सहज यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। 

एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर सडकहरूको ममर्त गर्नुपर्ने, यातायातका साधनको अभाव हुन नदिन, यात्रुहरूको सुरक्षाको व्यवस्थालगायतका विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो।  

विभागका प्रमुख खिमलाल भट्टराईले यात्रुहरूको ठूलो पंक्तिका लागि सहजरूपमा सवारी साधनको व्यवस्था गर्न, राजमार्गहरूको मर्मत सम्भार गर्न ध्यानाकर्षण गराइएको बताए। उनले सम्भावित दुर्घटना र जोखिमबाट बच्न सडक एम्बुलेन्स र आवश्यक सुरक्षाकर्मीहरूको प्रबन्ध गर्न ध्यानाकर्षण गराए।

राजमार्ग छेउका होटलहरूमा गुणस्तरीय खाजा-खानाका साथै ठगी हुन नदिन सरोकारवाला निकायको प्रभावकारी परिचालन गर्न पनि उनले आग्रह गरे। ध्यानाकर्षण पत्र बुझ्दै कार्यवहाक प्रधानमन्त्री सिंहले चाडपर्वलाई सुरक्षित तवरले मनाउने वातावरण बनाउन सरकारी निकायबीच समन्वयकारी ढंगले काम भइरहेको जानकारी दिए।

ध्यानाकर्षणमा रहेका बुँदाहरूलाई कार्यान्वयनका लागि आफूले सक्दो पहल गर्ने उनको भनाइ छ। त्यस्तै एमालेले चाडपर्वमा हुनसक्ने महँगी र कालोबजारी रोक्न प्रभावकारी अनुगमन गर्नुपर्ने, सुपथ मूल्यका पसलहरू देशभरी खोल्नुपर्ने लगायतका सुझाव दिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.