सहकारी ठगीमा फरार इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली भारतबाट पक्राउ

सहकारी ठगीमा फरार इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली भारतबाट पक्राउ

बुटवल : सहकारी ठगीमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक देव कुमार नेपाली भारतबाट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले भारतीय प्रहरीको सहयोगमा नेपालीलाई पक्राउ गरेको स्रोतले जनाएको छ। यद्यपि नेपाल प्रहरीले यसबारे औपचारिक धारणा दिएको छैन। फरार नेपाली ढोरपाटन नगरपालिका बुर्तिवाङ बागलुङका नगरप्रमुख समेत हुन्।

इमेजका संस्थापक अध्यक्ष नेपालीले २०८१ साउन १६ गते सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई पत्र लेखेर आफूले सबै सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको लिखित जवाफ पठाएका थिए। उनको त्यही पत्रलाई छानबिन विशेष समितिले सोधपुछको अंग बनाएको थियो। 

इमेजका बागलुङ बजारमा केन्द्रीय कार्यालय सहित, बुर्तिवाङ, गलकोटमा सेवा केन्द्र र कास्कीको पोखरामा शाखा कार्यालय सञ्चालनमा छन्। बागलुङ र पोखरामा सहकारी खोलेर दुवै सहकारीको अध्यक्ष भई सञ्चालक समितिमा डमी पात्रहरू राखेर आफैँले काम गरेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।

कुल १ अर्ब ८० करोड रुपैयाँ बचतकर्ताको रकम फिर्ता गर्न बाँकी रहेको नेपालीले पत्र मार्फत जानकारी गराएका छन्। समितिको प्रतिवेदन अनुसार हाल नेपालीसँग भएको सम्पत्ति विक्री वितरण गरेर बचतकर्ताको रकम फिर्ता गर्न सकिने अवस्था छ। 

नेपाली र उनकी श्रीमती छेला नेपालीको नाममा भएको सम्पूर्ण घर जग्गाको मूल्यांकन गर्दा करिब ३ अर्ब रुपैयाँ हुन आउने नेपालीले समितिलाई पठाएको पत्रमा उल्लेख छ। सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्न चाहेको र त्यसका लागि समिति र सरकारले वातावरण मिलाइदिन उनले आग्रह गरेका थिए। 

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.