अविरल वर्षाले झापाको जनजीवन अस्तव्यस्त, ३१ परिवार विस्थापित

अविरल वर्षाले झापाको जनजीवन अस्तव्यस्त, ३१ परिवार विस्थापित

झापा : दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। अविरल वर्षापछि अहिलेसम्म जिल्लामा एक बालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दक्षिणी झापाको कचनकवल गाउँपालिका–१ झकुवाटोलीकी पचूँ राजवंशीकी छोरी १४ बर्षीया नेहारिका राजवंशी जमुना खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। भारत सानिमाको घरबाट पाहुना खाएर साइकल चढेर घर फर्कने क्रममा चमारभिट्टा पुल छेउको जमुना खोलाले शुक्रबार दिउँसो करिब ३ बजे उनलाई साइकलसहित बगाउँदा बेपत्ता भएको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

बालिकाको खोजी कार्य भइरहेको उनले बताए। त्यस्तै शुक्रबार दिउँसो १२:२० बजेको समयमा कचनकवल गाउँपालिका– २ स्थित अमुलफुटा खोला तर्ने क्रममा प्र १–०२–०५प ६९७८ नम्बरको मोटरसाइकल खोलाले बगाएको हो। मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय रबिन भट्टराई भने सकुशल रहेका छन्। मोटरसाइकलको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। 

वर्षाले जिल्ला १५ वटा पालिकाका होचो भूभागहरू जलमग्न भएको छ। खोला तथा सडक नालाका सयौँ घरभित्र पानी पसेको छ। जसकारण उनीहरूको दैनिक कामकाज प्रभावित बनेको थियो। विपद् कार्यालय झापाका अनुसार हालसम्म जिल्लामा ३१ परिवार विस्थापित भएका छन्। विस्थापित हुनेहरूमा सबैभन्दा बढी बिर्तामोडका रहेका छन्। बिर्तामोडका १८ परिवार विस्थापित भएका हुन्।

त्यस्तै कनकाई नगरपालिका ३ झर्ना बस्तीमा सन्का खोला र सुरुङ्गा खोलाको पानीको बहाव पसेर ११ परिवार विस्थापित भएका छन्। कनकाई नदीले कटान सुरु गर्दा दुई परिवार विस्थापित भएका छन्। शिवसताक्षी नगरपालिका– १० बस्ने अमर ऋषिदेव र किरण ऋषिदेवको परिवार विस्थापित बनेका हुन्।

शिवसताक्षी– १० बिहानी टोलको पश्चिमतर्फबाट कनकाई खोलाले कटान सुरु गरेको हो। उक्त टोलको १५ घरमध्ये ती दुई वटा घर अति जोखिममा परेपछि शिवसताक्षी नगरपालिका १० नम्बर वडा कार्यालयको समन्वयमा मुक्ति घाटको भवनमा स्थानान्तरण गरिएको हो। त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं ७ को होली टोलका अन्दाजी २०–२२ घरमा सताक्षी खोलाको पानी पसेर डुबान परेको छ। घरमा सामान्य पानी पसेको र तत्काल क्षति गर्ने सम्भावना नरहेकोले उनीहरूलाई स्थानान्तरण नगरिएको जिल्ला विपद् कार्यालयले जनाएको छ।

मेची, निन्दा, बिरिङ, मावा, कनकाई, रतुवा, अदुवा, हडिया, देउनियाँ लगायतको नदीहरूमा जलस्तर समेत ह्वातै बढेको छ। ती नदी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन झापा प्रशासनले आग्रह  छ।  बितेको २४ घण्टामा सबैभन्दा धरै वर्षा जिल्लाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढी भएको छ। 

चन्द्रगढी विमानस्थलमा रहेको जल तथा मौसम विभागको मापन केन्द्रका अनुसार त्यहाँ ३०२ मिलिमिटर वर्षा भएको छ। अविरल वर्षाका कारण विद्यालयहरू बन्द गरिएको थियो। वर्षाले खेतमा पाक्नै लागेको धानबालीमा समेत व्यापक क्षति पुर्‍याएको छ। क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.