प्रचण्डले एमालेविरुद्ध भ्रम फैलाइरहेको छ : एमाले सचिव विश्वकर्मा

प्रचण्डले एमालेविरुद्ध भ्रम फैलाइरहेको छ : एमाले सचिव विश्वकर्मा

बर्दिबास : नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेविरुद्ध घेराबन्दी र कूप्रचार गरिरहेको आरोप लगाएका छन्। महोत्तरीको बर्दिबासमा मधेस प्रदेशका स्थानीय तहमा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण तथा समीक्षा बैठकमा बोल्दै उनले पूर्वप्रधानमन्त्री प्रचण्डले जनतामा भ्रम फैलाएर एमालेविरुद्ध घेराबन्दी गरिरहेको बताए। 

‘एमाले र कांग्रेस बीच भएको सात बुँदे सम्झौतालाई प्रचण्डजीले नकारात्मक रूपमा प्रचार गरिरहनुभएको छ। संविधान संसोधनका बिषयलाई प्रचण्डजीले जनतामा कुप्रचार गर्दै भ्रम फैलाउन पूर्वप्रधानमन्त्री प्रचण्ड व्यस्त हुनुहुन्छ’, सचिव विश्वकर्माले भने, ‘जुन कुरामा कुनै सत्यता छैन। संघीयता, समावेशीताजस्ता उपलब्धीलाई एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सिध्याउने भयो, देशलाई प्रतिगमनतिर लाने भयो जस्ता बिषयमा कुनै सत्यता छैन।’ 

एमाले संविधान बनाउने शक्ति रहेको बताउदै सचिव विश्वकर्माले थपे, ‘संविधानका कमिकमजोरीलाई पहिचान गरेर सबै राजनितिक शक्तिको सहयोगमा संविधान संशोधन गरि देशलाई अग्रगमनतिर लान एमाले सकारात्मक रुपमा प्रयास गरिरहेको छ।’

माओवादी नेतृत्वको सरकार ढल्केका कारण प्रचण्डमा छट्पटी र बेचेनी बढेको नेता विश्वकर्माको भनाई छ । त्यसले प्रचण्डले एमाले बिरुद्ध हात धोएर लागेको उनको जिक्किर थियो। आउँदो २०८४ को चुनावमा एमालेले एक्लै प्रतिस्पर्धा गरेर बहुमतको सरकार बनाउने तयारी साथ पार्टीको तर्फबाट काम भइरहेको सचिव विश्वकर्माले बताए। 

उनले भने, ‘प्रचण्डजीले म्याजिक नम्बर भन्दै ठूल दललाई हैरान बनाउनुभयो। त्यसैकारण एमालेको नेतृत्वमा अब हामी देशमा स्थिर राजनितिक शक्ति निर्माण गर्न लागि परेका छौं। एमालेलाई राष्टिूय र निर्णायक शक्ति बनाउन अबको चुनाबमा कसैले रोक्दैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.