सरिसवा नदीमा हाम फालेकी किशोरी बेपत्ता

सरिसवा नदीमा हाम फालेकी किशोरी बेपत्ता

वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर ११ रानीघाट र वडा नम्बर २४ रामगढवा जोड्ने सडकखण्डमा रहेको रानीघाट पुलबाट सरिसवा नदीमा आइतबार बिहान एक किशोरी हाम फालेकी छन्। आइतबार बिहान ९.१५ बजेतिर पुलबाट नदीमा हाम फालेकी अन्दाजी १६ वर्षकी ती किशोरीलाई नदीको भेलले बगाएर बेपत्ता बनाएको छ। 

नदीमा हाम फाल्ने किशोरी बाराको प्रसौनी गाँउपालिका वडा नम्बर २ खुटवा प्रसौनीका विनोद दासकी छोरी राधिका दास रहेको प्रत्यक्षदर्शीले बताएका छन्। तर पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब  उपरीक्षक दीपक भारतीले
भने नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको नाम राधिक दास रहेको प्रत्यक्षदर्शीले बताए पनि यसबारे पुष्टि हुन बाँकी रहेको बताए। 

उनले भने,‘ ती किशोरी बाराको खुटुवाप्रसाौनी गाँउकी राधिका दास रहेको कुरा आएको छ। तर यसबारे पुष्टि हुन अझै बाँकी छ।’

नदीमा हाम फालेर बेपत्ता भएकी ती किशोरीको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले डुंगाको सहयोगमा खोजी गरिरहेको भए पनि अहिलेसम्म  फेला पार्न भने नसकेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.