कृषि क्षेत्रमा पुगेको क्षतिको वास्तविक तथ्यांक संकलन गर्न कृषिमन्त्रीको निर्देशन
काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतिको यकिन गरि आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन्।
शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आइतबार मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा भएको क्षतिबारे वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिएका हुन्।
मन्त्री अधिकारीले भने, बाढीले थुप्रै कृषि उपजहरूमा क्षति पुर्याएको सुनिएको छ। यसलाई सम्बोधन गर्न आवश्यक छ।’ बैठकमा क्षतिको एकीन तथ्यांक छिटो संकलन गरी आगामी रणनीति बनाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।