सर्वदलीय बैठकको निर्णय : तत्काल उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने

सबै संयन्त्र परिचालन गरी तत्काल राजमार्ग सुचारु गराउन भौतिक मन्त्रालयलाई निर्देशन

सबै संयन्त्र परिचालन गरी तत्काल राजमार्ग सुचारु गराउन भौतिक मन्त्रालयलाई निर्देशन

काठमाडौं : सर्वदलीय बैठकले बाढी-पहिरोमा परेकालाई तत्काल उद्धार गरेर उचित बासस्थान र राहतको व्यवस्था मिलाउने निर्णय गरेको छ।

आज सिंहदरबारमा बसेको उद्धार तथा राहतबारे छलफल गर्न बसेको सर्वदलीय बैठकले मुख्य राजमार्ग अवरुद्ध भएकाले आवागमन बन्द भएकाले तत्काल सबै संयन्त्र परिचालन गरी सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

यसैगरी राजमार्ग, सडकमा भएको क्षति, विद्युत गृह, सञ्चारको क्षेत्रमा भएको क्षतिको यकिन विवरण संकलन गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ। उनका अनुसार बिरामीलाई औषधि उपचार गर्ने र तत्काल उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने निर्णय भएको छ।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्रले विपत्तिमा सरकारले तदारुकता देखाउन नसकेको टिप्पणी गरेको छ । बैठकपछि माओवादीका उपमहासचिव शक्ति बस्नेतले जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना जारी भएपनि पूर्वतयारी गर्नुवर्नेमा सरकार सुस्त बनेको उल्लेख गरे।

यसैगरी राप्रपा सांसद ज्ञानेन्द्र शाहीले हवाई भाडा चर्को बढाएर एयरलाइन्सहरुले कालोबजारी गरेकाले कारबाही गर्न माग गरेको जानकारी दिए। उनले सडक आवागमन बन्द भएको बेला विपतको बेला एयरलाइन्सले ब्रम्हलुट गरेकाले पर्यटन मन्त्रीलाई तत्काल एक्सनमा जान आग्रह गरेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.