काठमाडौं अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारबाट हुने

काठमाडौं अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारबाट हुने

काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीले काठमाडौंका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारबाट सुचारु हुने भएको छ।

खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षासँगैको बाढीले क्षति पुर्‍याएका ठाउँमा आज निरीक्षण गर्दै पुन:स्थापना गरी खानेपानी आपूर्ति सुचारु गर्न निर्देशन दिएका हुन्। अहिले कर्मचारीहरु पानी आपूर्ति सुचारु गर्नका लागि धमाधम लागि परेका छन्।

null

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोक पौडेलले सोमबारसम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गरिने बताए। उनले भने, ‘सोमबार सम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गछौँ। भुमिगत पानीका धेरै पम्पहाउस डुबानमा भएकाले भूमिगत स्रोतको हाल एक करोड लिटर पानीमात्रै वितरण गर्न सकिने छ।’

यसैगरी ललितपुरको स्रोतमा फर्पिङ जलविधुत् गृहबाट फर्पिङ पम्पिङ स्टेशनमा ल्याइएको पेनस्टक पाइप फुटेको हुँदा फर्पिङमा पानीको आपूर्ति असहजता भएको केयुकेएलले जनाएको छ।null

उता काठमाडौंको महाँकाल चौरको पम्पिङ सिस्टम क्षति ग्रस्त भएकाले त्यसको मर्मत संहारका लागि थप दुई दिन लाग्ने कार्यकारी निर्देशक पौडेलले बताए। विद्युतीय उपकरणमा समस्या आएका कारणपूर्ववत रुप्मा नियमित पानी आपूर्तिमा असहजता भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.