खोलामा युवकको शव फेला
नुवाकोट : नुवाकोटको लिखु खोलामा एक युवकको शव फेला परेको छ। बाढीसहितको खोलामा युवकको शव फेला परेपछि पहिचान गर्न समस्या भएको छ।
लिखु गाउँपालिका-५ मा रहेको लिखु खोलामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। लिखु खोलाले बगाएर ल्याएको अवस्थामा करिब ३७ वर्षीय पुरुषको निर्वस्त्र अवस्थाको शव भेटिएको नुवाकोट प्रहरीले जनाएको छ।
लिखु खोलाको किनारमा पहिचान नखुलेको पुरुषको शव लिखु खोलाले बगाएर ल्याई किनारा लगाई राखेको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। उनका अनुसार शव पहिचानका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको भए पनि पहिचान खुल्न नसकेको छैन।
मृतकको युवकको शव मंगोलियन अनुहार र टाउकोको अगाडि चोट लागेको छ भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। बाढीसहितको खोलामा शव फेला पारिएको जानकारी हुने बित्तिकै प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेको थियो। शव पोस्टमार्टम तथा पहिचानको लागि त्रिशूली अस्पतालमा राखिएको छ।