११ जलविद्युत आयोजनामा क्षति, झण्डै २ अर्ब ४५ करोड नोक्सान

१५ वटा निर्माणाधीन जलविद्युत आयोजनामा क्षति

११ जलविद्युत आयोजनामा क्षति, झण्डै २ अर्ब ४५ करोड नोक्सान

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीका कारण ट्रान्समिशन टावर र लाइनमा मुख्य समस्या देखिएको बताए ।

काठमाडौं : बाढी र पहिरोका कारण पूर्ण रुपमा सञ्चालनमा रहेका ११ वटा जलविद्युत आयोजनाहरुमा क्षति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै कुल ६२५ दशमलव ९६ मेगावाट जडित विद्युत क्षमताको ११ वटा सञ्चालनमा रहेका आयोजनामा क्षति भएको जनाएको हो । 

त्यस्तै कुल १ हजार १० दशमलव २९ मेगावाट जडित विद्युत क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत आयोजनामा क्षति भएको ऊर्जामन्त्री दीपक खड्काले जानकारी दिए । जसका कारण २ अर्ब ४५ करोड रुपैयाँ हाराहारी क्षति भएको उनले बताए । आपतकालीन अवस्थामा अधिकांश विद्युत गृहहरुको उत्पादन बन्द गरेर समेत करिब ११ सय मेगावाट बराबरको उत्पादन रोकिएको उनको भनाई छ।

पत्रकार सम्मेलनमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीका कारण ट्रान्समिशन टावर र लाइनमा मुख्य समस्या देखिएको बताए । टावरमा नै क्षति पुगेका कारण विद्युत उत्पादन भएपनि वितरणमा अवरोध भएको उनले जानकारी दिए।

उपत्यकामा जोखिमका कारण शनिबार दिनभर विद्युत बन्द गरेपछि क्रमश सूचारु हुँदै गएको घिसिङले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.