बागमतीका किसानलाई कृषि मन्त्रालयले क्षतिपूर्ति दिने

बागमतीका किसानलाई कृषि मन्त्रालयले क्षतिपूर्ति दिने

हेटौडा : बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिको किसानलाई क्षतिपूर्ति दिने भएको छ। आइतबार प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा भएको कृषि तथा पशुपन्छीको क्षतिको विवरण संकलन गरी राहत एवं क्षतिपूर्ति वितरण गर्न क्षतिको विवरण संकलन गरेर मन्त्रालयमा पेस गर्न निर्देशन दिएको हो।

 
बैठकले बिहीबारदेखि परेको अविरल वर्षाका कारण क्षति भएको कृषि धनको क्षतिपूर्ति दिने निर्णय गरिएको प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए। जसका लागि जिल्लास्थित कृषि विकास कार्यालय तथा पशु सेवा कार्यालयहरुलाई यथासिघ्र विवरण उपलब्ध गराइदिन निर्देशन दिएको मन्त्री श्रेष्ठले बताए। 

‘वर्षाका कारण भएको कृषि धनको क्षति तथा दुर्घटनाको विवरण संकलन गरेर क्षतिपूर्तिको कार्यक्रम तयार गरिने निर्णय भएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘जसका लागि यथासिघ्र आफ्नो जिल्ला स्थित कृषि विकास कार्यालय तथा पशु सेवा कार्यालयमा क्षतिको विवरण उपलब्ध गराउन कृषकहरूलाई समेत अनुरोध छ।’
 
प्रदेशका सबै स्थानीय तहहरूका कृषकहरूले प्रदेशका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेश र कृषि विकास निर्देशनालय लगायतका सरोकारवाला निकायहरूसँग समन्वयन गर्न अनुरोध गरिएको छ। क्षतिको विवरण संकलन भएलगत्तै क्षतिपूर्तिको व्यवस्था मिलाइने प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.