बीपी राजमार्गको विरासत जोगाऔं

बीपी राजमार्गको विरासत जोगाऔं

त्यो सडकमात्र होइन। जननायक बीपी कोइरालाको कल्पना पनि थियो। भलै, बीपी राजमार्ग बन्न वर्षाैं लाग्यो, तर मुलुकको शान हो, रक्तनली हो। तर, अविरल वर्षाले क्षत विक्षत बनाइदियो। भौतिक संरचनामात्र क्षति भएन, राजधानी र मधेस÷पूर्वको तारै चुँडियो।

आजबाट दसैं सुरु भयो। पूर्व र मधेस जानेलाई चिन्ता छ कसरी घर फर्किने ? किनकि, पहिले त माइक्रोबस, टाटा सुमोको टिकट नपाए पनि चिन्ता हुँदैनथ्यो। छोटो दूरी। फुत्त मोटरसाइकल निकाल्यो, रमाइलो मान्दै घरसम्म पुग्यो। अझ नागबेली सडकमा गुड्दाको मज्जा नै अर्को हुन्थ्यो। तर, यसपालि त्यस्तो रमाइलो गर्न पाइने छैन, किनकि बीपी राजमार्ग भत्केको छ। घरै जान सकस छ।

मित्रराष्ट्र जापान सरकारको करिब २६ अर्ब जापानी येन अर्थात् झन्डै २५ अर्ब अनुदान सहयोगमा बनेको यो सडक प्रमुख वैकल्पिक राजमार्गसमेत हो। यो राजमार्गले धनुषा, महोत्तरी, सिन्धुली, रामेछाप र काभ्रे जिल्लाका पहाडी क्षेत्रको विकासको ढोकासमेत खुला गरेको थियो। पूर्वी नेपाल र मध्य तराईलाई छोटो दूरीमा संघीय राजधानी काठमाडौं जोड्नेमात्र हैन, बीपी राजमार्गले यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिशीलतालाई बढाउनसमेत मद्दत गरेको थियो। दैनिक १० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्थे। मुलुककै पर्यटकीय र सुन्दर यो राजमार्ग मुलुकको विकासको मोडेल पनि थियो।

बीपी राजमार्गको खुर्कोट–नेपालथोक, नेपालथोक–भकुण्डेबेंसी र भकुण्डेबेंसी–धुलिखेल खण्डको २५ मिटर सडक रोशीको बाढीले पूरै बगाएको छ। त्यस क्षेत्रमा अनियन्त्रित क्रसर उद्योग सञ्चालनका कारण पनि राजमार्गमा क्षति पुगेको अनुमान छ। राज्यले बेलैमा ध्यान दिएको भए त्यति क्षति हुँदैनथ्यो भन्ने जानकारहरू बताउँछन्। तर, जे नहुनु थियो, भइसक्यो। अब बीपी राजमार्गलाई जतिसक्दो चाँडो पुनर्निर्माण गरेर यसको विरासत जोगाउनुछ। 

अर्कोतिर, पानी परेको प¥यै छ। पृथ्वी राजमार्ग पनि कुनै बेला अवरुद्ध नहोला भन्न सकिन्न। बीपी नबन्ने र पृथ्वी राजमार्ग पनि अवरुद्ध भइरह्यो भने मुलुकको अवस्था के होला ? राजधानी कति अस्तव्यस्त होला ? विश्वले माकुराका जालाजस्ता सडक सञ्जाल बनाइसक्दा अरूले बनाइदिएका सडक पनि पुनर्निर्माण गर्न सक्दैनौं भने विश्वले के भन्ला? सरकार आफैंले सक्छ भने आफैं गरोस्, नभए सडक बनाएको जापानी कम्पनीलाई पुनर्निर्माण गरिदिन आग्रह गर्न सक्छ। यो काममा अब यो वा त्यो बहानामा ढिलाइ नहोस्। मुखको दसैं र तिहारको समस्या टार्न अस्थायी ट्याक बनाउने काममा ढिलाइ नहोस्। जनताले राज्य भएको अनुभूति गर्न पाऊन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.