वीरगन्ज टी-२० सुपर लिगको उपाधि साहिब दरबारले जित्यो

वीरगन्ज टी-२० सुपर लिगको उपाधि साहिब दरबारले जित्यो

वीरगन्ज : वीरगन्जमा आयोजित वीरगन्ज टी-२० सुपर लिग सिजन-३ को उपाधि ड्रगन अफ साहिब दरबारले जितेको छ।

आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा वीरगन्ज ब्लास्टरलाई ४ विकेटले हराउँदै साहिब दरबारले उपाधि उचालेको हो। वीरगन्ज ब्लास्टरले दिएको ११३ रनको लक्ष्य साहिब दरबारले १६।२ ओभरमा केवल ६ विकेटको क्षतिमा भेट्याउँदै उपाधि चुम्यो। उसका लागि मनोज गिरीले २८, ऋषि सहनीले २५ र सन्तोष कार्कीले अविजित २४ रन बनाए।

बलिङतर्फ वीरगन्ज ब्लास्टरका लागि अनुज चौहानले ३ तथा सराजुल अहमदले २ र महमद मेराजले १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वीरगन्ज ब्लास्टरले निर्धारित १९.१ ओभरमा अलआउट हुँदै ११३ रन मात्र बनाएको थियो।

उसका लागि अनुज चौहानले ४७ र रुहुल हकले २९ रन बनाए। बलिङतर्फ साहिब दरबारका लागि चन्दन रामले ४ तथा वासिम मन्सुरी र परवेज हुसेनले समान २र२ विकेट लिए। पर्सा क्रिकेट संघको समन्वयमा वीरगन्ज युथ स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा ६ वटा टिमले भाग लिएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.