वीरगन्जको ३ वटा गोदाममा छापा, २१ लाख बढीको कपडा बरामद

वीरगन्जको ३ वटा गोदाममा छापा, २१ लाख बढीको कपडा बरामद

वीरगन्ज : वीरगन्ज–१६ नगवाका तीन वटा घरमा सशस्त्र प्रहरीले छापा मारेर २१ लाख रुपैयाँभन्दा बढी मूल्यको तस्करीको कपडा बरामद गरेको छ ।

बुधबार बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नगवाको नयाँबस्तीस्थित तीन वटा घरमा छापा हानेर २१ लाख २१ हजार ८ सय रुपैयाँ मूल्यका विभिन्न ब्राण्डका कपडाहरु बरामद गरेको हो ।

nullकपडा बरामद गरिएको घरधनीको नाम भने सशस्त्र प्रहरीले खुलाएको छैन। सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार, नगवाको नयाँ बस्तीका तीन वटा घरमा कारोबारीहरुले गोदाम बनाएर भारतबाट राजश्व छलेर ल्याइएको सटिङसुटिङका थान कपडा,कुर्था सेट लगायतका कपडा भण्डारण गरि राखेको सूचना सशस्त्र प्रहरीले पाएको थियो। उक्त जानकारी पाएपछि सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले ती घरमा पुगेर खानतलासी गर्दा ती कपडाहरु बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिए ।

गोदाममा कपडा भण्डारण गरेर राखेका सामान धनीको पहिचान नुखलेको भन्दै उनले यसबारेमा अनुसन्धान भइरहेको बताए । बरामद कपडा बुधबार दिउँसो आवश्यक कारबाहीका लागि  वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जानकारीपनि उनले दिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.