कर्मचारीलाई मन्त्रीको निर्देशन : दशैंको समयमा अत्यावश्यक काम पर्न सक्छ, फोन अफ नगर्नु होला

कर्मचारीलाई मन्त्रीको निर्देशन : दशैंको समयमा अत्यावश्यक काम पर्न सक्छ, फोन अफ नगर्नु होला

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले दशैंलगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीले आफूसँग भएको मोबाइल फोन अफ नगर्न निर्देशन दिएका छन्।

बुधबार मन्त्रालयमा आयोजना गरिएको वडा दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका विषयमा नागरिकहरूका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक काम पर्न सक्ने भएकाले आफूसँग भएको मोवाइल अफ नगर्न निर्देशन दिएका हुन्।

उनले भने,'हामी जनताका सेवक हौँ,मानिसलाई पानी नभइ नहुने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्,मोबाइल अफ नगर्नु होला ।'सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले अहिले विपद्को समय भएकाले थप समस्या आउन सक्नेतर्फ ध्यान दिँदै नागरिकका समस्यालाई समाधान गर्न तर्फ अग्रसर रहन समेत आग्रह गरे।

मन्त्री यादवले भने,'विपद्को समयमा पनि हामीले विभिन्न परिस्थितीको सामना गर्दै काठमाडौंमा पानी ल्याउन सफल भएका छौँ । यो हामी सबैको ठूलो उपलब्धीको विषय हो । जसरी पानी ल्याउन सफल भयौं, त्यसैगरी नागरिकलाई पानी खुवाउन सफल बनौँ ।'

काठमाडौं उपत्यकामा मंगलबारदेखि वितरण गरिएको मेलम्चीको पानी कुनकुन क्षेत्रमा पुगेको र कहाँ अपुग छ? सो विषयमा निरन्तर अनुगमन गरी पानी वितरण कार्य सूचारु गर्न समेत मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का कर्मचारीहरूलाई निर्देशन दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.