पटेर्वा सुगौली गाँउपालिका आफैंले तरकारीको बेर्ना उत्पादन गरेर किसानलाई निःशुल्क बाँड्दै
वीरगन्ज : पर्साको पटेर्वा सुगौली गाउँपालिकाले तरकारीको बेर्ना आफैंले तयार पारेर किसानहरूलाई निःशुल्क वितरण गर्न सुरु गरेको छ।
टनेलसहितको नर्सरीमा तयार पारिएका ततरकारी बेर्ना मंगलबारदेखि किसानहरूलाई वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष दिनेश चौधरीले बताए मंगलबार र बुधबार गरी दुई दिनमा २ सय ५० बढी किसानलाई तरकारीको बेर्ना वितरण गरिएको जानकारी उनले दिए।
तरकारी नर्सरी व्यवस्थापन कार्यक्रम अन्तर्गत गाँउपालिका आँफैले वडा नम्बर ४ दखिनवारी सुगौली टोलमा करिब साढे दुई कठ्ठा जग्गामा तरकारीको बेर्ना उत्पादनका लागि टनेलसहितको नर्सरी बनाएको छ। उक्त नर्सरीमा काउली, गोलभेंडा, भेन्टा, हरियो खुर्सानी लगायतका तरकारीको बेर्ना उत्पादन गरिएको गाउँपालिकाको कृषि विकास शाखाकी प्रमुख सीमा चौधरीले जानकारी दिइन् ।
यसअघिका वर्षमा हरियो तरकारी बीउ प्याकेट बनाएर वितरण गर्दा त्यतिधेरै प्रभावकारी नभएपछि यस वर्षदेखि गाँउपालिका आफैंले टनेलसहितको नर्सरी निर्माण गरेर तरकारीको बेर्ना तयार पारेर किसानलाई वितरण गर्न थालिएको चौधरीले बतााइन्।
पालिकाका किसानलाई व्यवसायिक रुपमै तरकारी खेतीतर्फ आकर्षित र प्रोत्साहित गर्नका लागि बेर्ना वितरण कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष चौधरीले बताए । उनले भने,‘बजारमा हरियो तरकारीको माग राम्रो छ। तरकारी खेतीबाट किसानले आम्दानीपनि राम्रै गर्न सक्छन्। त्यसैले तरकारी खेती तर्फ उनीहरूलाई आकर्षित र प्रोत्साहित गर्न पालिका आफैंले बेर्ना तयार पारेर वितरण गर्न थालेको हो।
अवयसपछि आगामी माघमा फेरि हिउँदे अन्य तरकारीको बेर्ना उत्पादन गरेर किसानलाई निःशुल्क वितरण गर्ने योजना र त्यसका लागि कामपनि थालिसकेको उनले बतााए।