मकवानपुरमा करेन्ट लागेर दुई बालिकाको मृत्यु

मकवानपुरमा करेन्ट लागेर दुई बालिकाको मृत्यु
सांकेतिक तस्बिर ।

मकवानपुर : मकवानपुरमा दुई बालिकाको करेन्ट लागेर  मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा कभर्ड हल छेउमा करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी ९ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ निवासी ७ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार

कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको करेन्ट लागेको हो। 

उनीहरुले जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए । प्रहरीका अनुसार बेहोस भएका दुवै बालिकाको हेटौँडा अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.