वीरगन्जको ड्राइपोर्ट भन्सारको राजश्वमा सुधार, दुई महिनामा ९ अर्ब बढी संकलन

वीरगन्जको ड्राइपोर्ट भन्सारको राजश्वमा सुधार, दुई महिनामा ९ अर्ब बढी संकलन

वीरगन्ज : चालु आर्थिक वर्षमा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयको राजश्व संकलनमा सुधार हुँदै आएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनयताका दुई महिना (भदौ र असोज) मा लगातार राजश्व संकलनमा सुधार आएको हो ।  

गत असोजमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ९०.३१ प्रतिशत राजश्व संकलन गरेको छ । जबकि गत भदौमा लक्ष्यको ८८.५० प्रतिशत र गत साउन महिनामा ७९.२८ प्रतिशतमात्रै राजश्व संकलन भएको थियो । 

भन्सार विभागले गत असोज महिनाका लागि ४ अर्ब ८३ करोड ३२ लाख रुपैयाँको लक्ष्य दिएकोमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ९०.३१ प्रतिशत अर्थात् ४ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ राजश्व संकलन गरेको प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए । 

यस्तै गत भदौमा ५ अर्ब २४ करोड ४४८ लाखको लक्ष्य पाएकोमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ८८.५० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड १९ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । त्योभन्दा अघिल्लो महिना साउनमा भने ड्राइपोर्ट भन्सारले ४ अर्ब ७३ करोड ३१ लखको लक्ष्य पाएकोमा लक्ष्यको ७९.२८ प्रतिशतमात्रै अर्थात ३ अर्ब ७५ करोड २२ लाख रुपैयाँ राजश्व संकलन गर्न सकेको प्रमुख भन्सार अधिकृत बरुवालले जानकारी दिए । 

ड्राइपोर्ट भन्सारले गत आर्थिक वर्ष २०८०/८१ को असोजमा लक्ष्यको ७४ प्रतिशत,भदौंमा ८५ प्रतिशत र साउनमा ९६ प्रतिशत राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन,भदौं र असोज) मा ड्राइपोर्ट भन्सारले लक्ष्यको ८६ प्रतिशत अर्थात १२ अर्ब ७५ करोड रुपैयाँ राजश्व संकलन गरेको उनले बताए  । 

चालु आर्थिक वर्षको पहिलो महिना साउन यताका दुई महिनादेखि राजश्व संकलनमा लगातार सुधार आएको बरुवालले बताए । साउनको भन्दा भदौमा र भदौको भन्दा असोज महिनामा राजश्व संकलनको प्रतिशत क्रमिक रुपमा बढ्दै गएको उनले बताए । 

दशैं,तिहार र छठ पर्व जस्ता मुख्य चाडपर्वमा सामान आयातको परिमाणमा वृद्धि आएसँगै त्यसको सकरात्मक प्रभाव राजश्व संकलनमा परेको उनले बताए । दशैं सकिए पनि अझै तिहार,छठ जस्ता पर्व बाँकी नै  रहेकाले कात्तिक महिनामा पनि राजश्व संकलन अझ बढ्ने सम्भावना रहेको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.