प्लास्टिकका माला बिक्रीमा रोक
अर्घाखाँची : अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले प्लास्टिकका मालाहरूको बिक्रीमा रोक लगाएको छ।
नगरपालिकाले नगर क्षेत्रभित्र तिहारको समयमा प्लास्टिकका मालाको बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालले बताए। नगरपालिकाले एक सूचना जारी गर्दै स्थानीय फूलहरूको प्रवद्र्धन गर्नुका साथै प्लास्टिकजन्य फोहोरको समस्या न्यूनीकरण गर्ने उद्देश्यले यो निर्णय गरिएको जनाएको छ। तिहारको समयमा प्लास्टिकका मालाहरूको प्रयोग बढ्ने हुँदा यसले वातावरणमा फोहोरको मात्रा वृद्धि गर्ने र स्थानीय फूलहरूको प्रयोग घटाउने गरेको देखिएको छ। नगरपालिकाको बैठकले उक्त निर्णय गर्दै सबै वडा कार्यालय, प्रहरी प्रशासन र उद्योग वाणिज्य संघलाई यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले बताए।
प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर जीसीद्वारा हस्ताक्षरित पत्रमा यो निर्णय तत्काल लागू गर्ने र नगरवासीहरूलाई यसमा सहयोग गर्न आग्रह गरिएको छ। स्थानीय उत्पादनहरूको प्रवद्र्धनमा यो निर्णय महŒवपूर्ण हुने अपेक्षा गरिएको छ, जसले स्थानीय फूल व्यवसायलाई पनि प्रोत्साहन दिनेछ। यस कदमले नगर क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण कम गर्ने र वातावरणीय सन्तुलन कायम राख्न मद्दत पुर्याउने विश्वास नगरपालिकाको छ।