बाइडेनले ह्वाइट हाउसमा मनाए दीपावली

बाइडेनले ह्वाइट हाउसमा मनाए दीपावली
फाइल तस्बिर।

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार राति ह्वाइट हाउसमा दीपावली मनाएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार उक्त कार्यक्रममा ६०० भन्दा बढी नेपाल भारत मूलका मानिसले भाग लिएका थिए। 

भारतीय-अमेरिकी सांसदहरू, अधिकारीहरू र व्यवसायी नेताहरूलाई सम्बोधन गर्दै,बाइडेनले ह्वाइट हाउसमा अहिलेसम्मकै सबैभन्दा ठूलो दिवाली कार्यक्रम आयोजना गर्न पाउनु आफ्नो लागि सम्मानको कुरा भएको बताएका छन्।

बाइडेनले भने, 'राष्ट्रपति, उपराष्ट्रपति र सिनेटरको रूपमा आफ्नो कार्यकालमा मैले ठूलो संख्यामा भारतीय-अमेरिकीहरूसँग काम गरेको छु। दक्षिण एसियाली अमेरिकी समुदायले अमेरिकी जीवनको हरेक भागलाई समृद्ध बनाएको छ। यो संसारमा सबैभन्दा छिटो बढिरहेको समुदाय हो। अहिले ह्वाइट हाउसमा दीपावली गर्वका साथ मनाइन्छ।'

यस पटक उपराष्ट्रपति कमला ह्यारिस र प्रथम महिला जिल बाइडेन भने दीपावलीमा सहभागी भएका थिएनन्। जिल र कमला कार्यक्रममा आउन चाहेको तर प्रचारमा व्यस्त रहेको बाइडेनले बताए।

जर्ज बुसको पालामा ह्वाइट हाउसमा दीपावली सुरु 

एएनआईका अनुसार दीपावली मनाउने परम्परा पहिलो पटक सन् २००३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसको कार्यकालमा ह्वाइट हाउसमा सुरु भएको थियो। तर उक्त कार्यक्रममा उनी व्यक्तिगत रूपमा कहिल्यै संलग्न भएनन्। 

सन् २००९ मा बाराक ओबामा राष्ट्रपति बनेपछि ह्वाइट हाउसमा आफू सहभागी भएर दीपावली मनाएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.