फरार बान्तवा कतारबाट फर्काइए

फरार बान्तवा कतारबाट फर्काइए
सुन्नुहोस्

काठमाडौं : पत्नीको हत्या अभियोगका लागेका भोजपुरका गजेन्द्र बान्तवा कतारबाट पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार  बान्तवालाई प्रहरीले पक्राउ गरेको हो  ।

एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने, गराउने प्रयोजनार्थ मंगलबार स्वदेश फिर्ता ल्याइएको छ । प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको विशेष पहलमा रेड नोटीस जारी गरेर  फिर्ता ल्याइएको हो । २०७८ साल मंसिर ३ गते मा झापा मेचीनगर नगरपालिका–११ धाइजन बस्ने ४८ वर्षीय शर्मिला तामाङ कोठामा मृत भेटिइन् । उनको मृत्यु स्वाभाविक थिएन । प्रहरी अनुसन्धानमा उनको 
हत्या भएको देखियो  । 

इलाका प्रहरी कार्यालय धुलाबारीमा बान्तवाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी परेको थियो । मृतक शर्मिलाका दाजुले किटानी जाहेरी दर्ता गरेका थिए । जाहेरी उपर अनुसन्धान गर्ने क्रममा उनको हत्या भएको पुष्टि भएको थियो । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार रातिसँगै सुतेकी श्रीमतीको कोठामा भवितव्य भएर मृत्यु भयो भनेर गजेन्द्र आफैले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको थियो । मृतकको पोष्टमार्टम रिपोर्ट आइसकेपछि भने घाँटी थिचेर मृत्यु भएको पुष्टि भयो । यसपछि प्रहरीले आरोपी गजेन्द्रको खोजी गरेको थियो । खोजी गर्ने क्रममा आरोपी विदेशमा रहेको जानकारी प्रहरीले पाएको थियो । प्रहरी प्रधान कार्यालयले यसलगत्तै रेड नोटिस जारी गरेर आरोपी पक्राउ गरेको हो ।  

शर्मिलाको ३८ वर्षीय श्रीमान् गजेन्द्र वान्तावालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालयले प्रक्रिया अगाडि बढाएको थियो । प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते उनीविरुद्ध रेड नोटिस जारी गरिएको थियो । सोहीअनुसार उनलाई एनसीबी दोहाका पहलमा पक्राउ गरी नेपाल ल्याइएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.