कम्युनिस्ट नेताहरूको व्यवहारमा सुधार गर्न आवश्यक छ : प्रचण्ड

कम्युनिस्ट नेताहरूको व्यवहारमा सुधार गर्न आवश्यक छ : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विचार नमिलेका कारण तत्कालीन 'नेकपा' फुटेको बताएका छन्। उनले समग्र कम्युनिस्ट आन्दोलनको निर्मम समीक्षा गर्ने बेला आएको प्रष्ट पारे। 

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टी र नेताहरूको व्यवहारमा सुधार गर्न आवश्यक रहेको बताए। कार्यशैली र अन्तरविरोध सुधारका लागि गम्भीर बहस गर्नुपर्ने उनको भनाइ छ।

उनले यसमा आफूहरू चुकेको बताए। उनले भने, ‘सिद्धान्त र व्यवहारमा निकै ठूलो खाडल छ। यो ठूलो कमजोरी हो। अरुलाई होइन, आफैंलाई बदल्नुपर्छ।’

कम्युनिस्ट आन्दोलनको समीक्षा नगरे देश संकटमा फस्ने प्रचण्डले बताए। उनले भने, ‘पार्टीभित्र विचारको एकता गर्नुपर्छ। को कतिमा मिल्न सक्छ मिलौं। नमिल्नेहरू आफ्नै पार्टीभित्र मिल्नुपर्छ।’ आफूहरू भित्रै नमिलेर अरुसँग मिल्न हतार गर्दा विगतमा त्रुटि भएको उनले बताए।

‘कम्युनिस्ट मिलेर बसौं, मिठो कुरा गरेर हुँदैन। कम्युनिस्ट पार्टी र नेताहरूले आफ्नो जीवनको समीक्षा गर्नुपर्छ। इमान्दार, वस्तुनिष्ठ समीक्षाले मात्रै कम्युनिस्ट आन्दोलनको बाँकी कार्यभार पूरा हुन्छ,' उनले भने। उनका अनुसार आफ्नो कामको समीक्षा प्रत्येक व्यक्ति र पार्टीले गर्नुपर्छ। कति ठिक, कति बेठिक गरे भनेर आत्मालोचना गर्न अति आवश्यक भइसक्यो।

‘सबैले पार्टी र आफ्नो जीवनको सकारात्मक काम, सीमा र कमजोरीको समीक्षा गरौं। अनि रुपान्तरण त्यहीँबाट हुन्छ। विचार, वर्ग, सिद्धान्तमा समीक्षा केन्द्रित गर्नुपर्छ। आफैंभित्र गम्भीर आत्म समीक्षा गर्दै जनता, वर्ग र राष्ट्रपति लगाएको गुणबारे समीक्षा गरौं,’ उनले भने। 

कम्युनिस्ट पार्टी र नेताहरूको विचारमा देखिएको अस्पष्टताले आन्दोलन प्रभावित बनेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.