नेपाल एकीकरणमा हिलिहाङ
नेपाल एकीकरणका अभियन्ता बडामहाराजधिराज पृथ्वीनारायण शाहका समकालीन हुन्, तत्कालीन लिम्बुवानका अन्तिम राजा हिलिङ योङहाङ । दुवै राजाले साझा विशाल नेपालको परिकल्पना गरेर पटक पटक १७औं पटकसम्मको युद्धपछि सम्झौता गर्ने निर्णय गरे । १८३१ सालमा गोर्खाली लिम्बूबीच एक ऐतिहासिक दूरदर्शी सम्झौता गरी वर्तमान नेपालको नक्सा कोर्न सफल भएको इतिहास छ । जसमा हाङ हिलिहाङ योङहाङले सहजीकरण गरेका थिए ।
जुन सम्झौतामा स्थानीय स्वतः अधिकारसहित पाँचबँुदे अकाट्य÷कालजयी, मेलमिलाप गरी गोर्खालाई केन्द्रीय सरकार मान्ने र गोर्खाली शाहलाई दाजु र लिम्बुवान (हिलिहाङका सन्तान) लाई भाइ मान्ने गरी सुनपानी वाचा गरेका थिए । विशाल नेपालको परिकल्पनासहित अगाडि बढाउन दुवै सेनाद्वारा संयुक्त भई छिमेकी मुलुकहरू तिब्बत र सिक्किमलगायत अन्य मुलुकको सम्भावित आक्रमणलाई रोक्न संयुक्त सैन्य दस्ता खडा गरी लड्ने निर्णय गरेका थिए ।
जुन सम्झौता भएपश्चात् विशाल अधिराज्य नेपालको नक्सा बनाएका राष्ट्र निर्माता योद्धाहरूको स्मरण गर्दै जानु र लानु, सारा नेपालीको कर्तव्य र अधिकार हो भन्ने बुझ्न सके सुनमा सुगन्ध हुनेछ । सार्वभौम राष्ट्र स्वतन्त्र राज्य र विशाल नेपाल देश बन्न र बनाउनलाई विभिन्न कालखण्डहरूमा विभिन्न पर्व तथा कोतपर्व नभएका होइन । जुन कोतपर्वहरूमा बहुुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक सम्बोधन गराउन थुप्रै योद्धहरूले शहादत प्राप्त गरेका थिए । उनै प्रत्येक योद्धाहरूको इतिहास खोतल्नु र पुस्ता हस्तान्तरण गर्दै बुझाउँदै जानु र लानु तथा स्मृति गान गर्दै एक कालखण्डको पुनः ताजकी नै इतिहास हो ।
तर कुन इतिहास महत्त्वपूर्ण र सम्झनलायक छ त ! हामी सबै नेपालीहरूले हेक्का राख्दै सबै जाति, वर्ग, समुदायहरूले उनीहरूको पुर्खाको योगदानको आधार प्रमाणले देश, मुलुक र राज्य बनाउन कति योगदान थियो त ? भन्ने सन्दर्भ कोट्ट्याउनु, बुझाउँदै जानु पर्दछ । इतिहाससँगै जोडिएर आउने सभ्यता, संस्कार संस्कृतिहरू जगेर्ना गर्ने भाइचारा हिसाबले राज्यले हेरिनु हँुदैन । तब मात्र देश सिमाना सुरक्षित मुलुक अखण्डता र राज्यका फूलबारी ढकमक्क फुुल्न फल्न र सुगन्ध दिई हराभरा हुन सक्छ । त्यसकारण दुवै राजा पृथ्वीनारायण शाह र हिलिहाङ योङहाङ नेपालका एकताका प्रतीक हुन् । दुवैले दूरदर्शी सम्झौता गरी सारा नेपालीलाई नासोको रूपमा छाडेर गए ।
नेपाल एकीकरण गर्ने सन्दर्भमा सानासाना राजा महाराजा र उनीहरूद्वारा चलाएका टुक्रे राज्यहरूलाई राजनीतिक, रणनीतिक र कूटनीतिकद्वारा साना ठूला खेस्रा सम्झौता गर्ने सेनकालीनवाट सुरु गरी पूर्व—पश्चिम उत्तर—दक्षिण गाभ्दै विशाल नेपालको परिकल्ना अभियान सफल गरेका थिए । नेपालको इतिहासमा उन (पृथ्वीनारायण शाह) को गाथाहरू सबै नेपालीले शिरोधार गर्नै पर्छ । उनले परिकल्पना नगरेको भए आजसम्म टुक्रे राज्यहरू यथावत् रहन्थे होला सायद “विशाल अधिराज्य नेपाल नामकरण गर्ने सन्दर्भमा नेपालको इतिहासमा बिर्सनै नहुने नाम तत्कलीन लिम्बुवानका अन्तिम राजा हिलिहाङ योङहाङ हो । जसले सहजीकरणको नेतृत्व गरेका थिए ।
नेपालको इतिहासमा धेरै सम्झौताहरू नभएका होइन तर गोर्खाली–लिम्बुवानबीचको सम्झौता लालमोहर एक काल खण्डको एक ऐतिहासिक एवं कालजयी दस्तावेज बनेर बसेको छ । त्यो सम्झौतापत्र लालमोहर, ताम्रपत्र धेरै लेख पुस्तकहरूमा पढ्न र देख्न सकिन्छ । र, नेपालको कुनाकाप्चाहरूमा प्रशस्त फोटो कापीहरू पनि पाउन सकिन्छ । त्यसकारण यी यस्ता दस्तावेजहरू राज्य र समाजका लागि सम्पत्तिको रूपमा ग्रहण गर्नु पर्दछ । इतिहास भनेको एक जिउँदो दस्तावेज हो । सह–अस्तित्वको प्रमाण र जिउने आधार र चिनारीको माध्यम हो ।
त्यसकारण सबैले आ–आफ्नो इतिहास लेख्नु, देख्नु र बुझ्नु पर्दछ र सबैलाई बुझाउँदै जानु र लानु पर्दछ । कुनै पनि वर्ग, जाथि र समुदायको इतिहास छैन भने अन्यको जातिको अगाडि जिउँदो सहिद भएर एक पटक मात्र होइन पटकपटक मरिरहनु पर्दछ । त्यसैले हरेक जातिको इतिहास भनेको अनुशासनको कडी हो । विद्यान हो, संविधान हो, देश, भूगोल र राज्यभित्र रहेका सबै जनतालाई उनको इतिहासबारे बुझ्न र जान्न अधिकार पनि हो । भूगोलभित्रका सबै जाति, वर्ग समुदायका, धर्म कर्म रहनसहन, रीतिरिवाजलाई सम्मान गर्दै सद्भाव देखाउनु पर्दछ । बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक एकसूत्र एकै मालामा बाँधिने माध्यम र आधार एकीकरण सँगसँगै पृथ्वीनारायण शाह र हिलिहाङ योङहाङबीचको ऐतिहासिक सम्झौता दस्तावेजले सधैंभरि सार्वभौम विशाल अधिराज्य नेपालको परिकल्पना गरेको देखिन्छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र तत्कालीन लिम्बुवानका राजा हाङ हिलिहाङ योङहाङबीचको दूरदर्शी अभियानलाई सदैव नेपालीले सगौरव सम्झनुपर्ने हुन्छ । किनकि, सयांै टुक्रे राजाहरू एकीकरण गराउने ठूलो भूमिकालाई नजर अन्दाज गर्नु पर्दछ । जुन पृथ्वीनारायण शाहको अभियानमा साथमा साथ नगरेकोे भए सायद विशाल नेपालको परिकल्पना अधुरो रहने थियो । तर सबै विषयमा हाङ हिलिहाङले सहजीकरणको ठूलो भूमिका रहेको देखिन्छ जस कारण दुवैको इच्छा, आकांक्षा र चाहनाले सम्भव तुल्याएको थियो । हामीले एक स्वतन्त्र राज्यका नागरिकको रूपमा स्मरण गरिरहने छौं ।
गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बुवानका अन्तिम राजा हिलिहाङ योङहाङ अन्य राजा रजौटाहरू भन्दा पृथक् हिसाबले राज्य निर्माणको अभियानमा लागेका थिए । उनीहरूले एक ऐतिहासिक र कालजयी सम्झौता गर्न दूरदर्शिता नदेखाएर एकीकरण नगरेको भए सार्वभौम भएर बस्ने वातावरण बन्ने थिएन । त्यसकारण उनी (पृथ्वीनारायण शाह र हिलिहाङ योङहाङ) हरू दुवैलाई राष्ट्र निर्माताको रूपमा मानेर जानु र लानु हामी सबैको कर्तव्य र अधिकार हुन आउँछ । जिउँदो इतिहासका पात्रहरूको तत्काीिन दरबार पुरातात्विक हिसाबले राज्यले सम्बोधन, संरक्षण र प्रवद्र्धन गर्नु पर्दछ । जसरी गोर्खास्थित दरबारलाई पुरापुरातात्विक, ऐतिहासिक र विश्वसम्पदा सूचीमा सूचीकृत राज्यले गराए जसरी नै हिलिहाङको दरबार पनि संरक्षण गरिनु पर्छ । त्यसो गरेमा सबै नेपाली एकै फूलबारी भएर ढकमक्क फुलेको महसुस गर्नेछन् ।
हिलिहाङ दरबार पान्थर जिल्लाको उत्तर पश्चिम तमोर काबेली खोला आड लिएर बसेको छ, हिलिहाङ गाउँपालिका । उनै हाङ हिलिहाङ योङहाङ राजाको स्मृतिमा बनाइएको गाउँपालिका हो । यो दरबार समुद्र सतहबाट करिक १४÷१५ सय उचाइमा रहेको छ । यस दरबारबाट सगरमाथा, कञ्चनजंघा पाथीभरा (मुकुम्लुङ) मन्दिर, मधेसका समतल फाँटहरू दृश्यलोकन तथा अवलोकन गर्र्न सकिन्छ । पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बोकेर बसेको हिलिहाङ दरबार नेपालको पूर्वाञ्चलकै एक नमुना र सम्भाव्य पर्यटकीयस्थलको रूपमा लिन सकिन्छ ।
पर्यटकीय हिसाबले मात्र नभएर ऐतिहासिक विशेषता पुराताŒिवक सम्पदा र कुनै एक काल खण्डको जिउँदो इतिहास भएकोले तपाईं हामी सबै नेपालीको एक अध्ययन–अनुसन्धान केन्द्र हुन सक्छ । इतिहासबिनाको देश र सभ्यता बिनाको मानव सदैव, अपूर्ण र अधुरो हुनेछ करिब २ सय ५० वर्षपछि राज्यद्वारा सम्बोधन भई इतिहास पुनर्ताजगी गर्ने संघ, प्रदेश र स्थानीय निकायद्वारा बजेट विनियोजन भई हिलिहाङ प्रवेशद्वार, हिलिहाङ · संग्रहालय निर्माण सम्पन्न भइसकेको छ ।
(योङहाङ, हिलिहाङ फाउन्डेसनका अध्यक्ष हुन् ।)