संस्कृतिको संरक्षणले मात्रै राष्ट्रियताको जगेर्ना गर्छ : प्रचण्ड

संस्कृतिको संरक्षणले मात्रै राष्ट्रियताको जगेर्ना गर्छ : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय एकतालाई अझ बढि बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले बिहीबार प्रचण्ड निवास खुमलटारमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा प्रचण्डले कलाकार, पत्रकार सबैको ध्येय राष्ट्रिय एकतालाई अझ बढि बलियो बनाउनेमा रहेको बताएका हुन्। 

राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्दै नेपाली जनताको उज्वल भविष्का लागि सबै एक हुनुपर्ने उनले बताए । उनले आफू शान्ति प्रक्रियामा आएदेखि नै कला र खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको धारणा राखे । कला संस्कृतिको जगेर्ना नगरिकन राष्ट्रको अस्मिताको जगेर्ना हुन नसक्ने उनको भनाइ छ ।

उनले तिहारका अवसरमा देश र विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरे। कार्यक्रममा कलाकारहरूले देउसी भैलो खेल्दै सांस्कृतिक प्रस्तुति देखाएका थिए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.