गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन थालेको छ।

नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि गौतमबुद्ध विमानस्थलमा चहलपहल देखिन थालेको छ। निर्माण सम्पन्न भएको लामो समयपछि उक्त विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर, फ्लाई दुबई लगायतले अन्तराष्ट्रिय उडान भरेका छन्।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अव नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुने बताए। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भएपछि सबैमा उत्साह जागेको र खुसी छाएको बताए। आगामी दिनमा अझ गतिका साथ विमानस्थल सञ्चालन हुने उनले बताए। 

२०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो। काठमाडौंको त्रिभुवन विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित हुन थालेको हो। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षा लगायतका व्यवस्थापकीय काम चुस्त अवस्थामा रहेको महाप्रबन्धक तिवारीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.