निःशुल्क मुटुरोग शिविरमा ६ सय बढीले सेवा लिए

निःशुल्क मुटुरोग शिविरमा ६ सय बढीले सेवा लिए

जोमसोम : मुस्ताङका तीनवटा पालिकामा निःशुल्क मटुरोगसम्बन्धी स्वास्थ्य शिविरमा ६ सय बढीले सेवा लिएका छन्। सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको आयोजनामा मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बर्सेनि नेपालका दुर्गम जिल्लाहरूमा पुगेर यसप्रकारको मुटुसम्बन्धी स्वास्थ्य सेवा प्रवाह गर्ने गरेको छ। यसै प्रयोजनका लागि केन्द्रबाट ८ जना विशेषज्ञ चिकित्सकसहित १३ जनाको स्वास्थ्य टोली शिविर सञ्चालनका लागि मुस्ताङ आएको हो। 

केन्द्रबाट विशेषज्ञ चिकित्सकहरू डा. सुशान्त खरेल,डा. राउल यादव, डा. प्रशना पाण्डे, डा. स्नान थापा, डा. आनन्द खनाल, डा. एरिजु मानन्धर र डा. आयुष्मा केसी लगायतको टोली शिविर सञ्चालनका लागि मुस्ताङ आएका हुन्।

केन्द्रबाट खटिएको टोलीले मुस्ताङको थासाङ गाउँपालिका-३ लेते प्राथमिक स्वास्थ्य केन्द्र, घरपझोङ गाउँपालिका कार्यालय र उपल्लो मुस्ताङको लोमान्थाङमा मुटुसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको डा. सुशान्त खरेलले जानकारी दिए। मुस्ताङमा आयोजित ३ पालिकामा सम्पन्न मुटुसम्बन्धी स्वास्थ्य शिविरबाट करिब ६ सय बढी प्रत्यक्ष लाभान्वित भएको डा. खरेलले बताए।

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका विशेषज्ञ चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गराएकामध्ये करिब दुई दर्जन बढीलाई मुटुसम्बन्धी गम्भीर समस्या देखिएको छ। मुटुसम्बन्धी गम्भीर समस्या भएकालाई केन्द्रले निःशुल्क उपचारको व्यवस्था गर्ने र त्यस्ता समस्या भएका व्यक्तिलाई काठमाडौं प्रेषण गरिएको छ। मुटु सम्बन्धी स्वास्थ्य परीक्षण गर्नका आएका सेवाग्राहीलाई केन्द्रले निःशुल्क औषधि वितरण गरिएको थियो।

मुटुसम्बन्धी मुस्ताङमा अलग/अलग भएको स्वास्थ्य शिविरमा परीक्षण गर्न आएकाहरूको बिशेषज्ञ चिकित्सकहरूद्वारा मुटुको परीक्षण, उपचार,परामर्श, ईसिजी, ईसीओ तथा रक्त परीक्षण (आरबीसी) गरिएको थियो। मुस्ताङको थासाङमा करिब ३ सय, घरपझोङमा २६० र लोमान्थाङमा ४० जनाको मुटु सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको हो।

घरपझोङ गाउँपालिकामा शिविर समापनपछि केन्द्रका चिकित्सक डा. सुशान्त खरेलले परीक्षण गरिएका धेरैजसोलाई ब्लडप्रेसर र सुगर रोगको समस्या देखिएको बताए। उनले केन्द्रबाट ७ वर्षअघि मुस्ताङमा यसप्रकारको शिविर भएको र त्यसपछि हाल मात्र शिविर सञ्चालन भएको उल्लेख गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.